कञ्चनपुर। कञ्चनपुरमा जुवा खेल्ने ८ जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ एठपुरस्थित पारस भट्टले संचालन गरेको चन्द्रदेव राइस मिलमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले चन्द्रवेद राइस मिलबाट २ लाख ८ हजार चार सय २६ रुपैयाँसहित ८ जना पक्राउ परेको बताए। शुक्रवार राति जुवाखालबाट पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ४ का दामोदर भट्ट, वडा नम्बर ६ का नरेन्द्र विष्ट, पारस भट्ट, खेमराज लेखक, नरेन्द्र जोशी, वडा नम्बर ८ का सुरत खत्री तथा वडा नम्बर १० का दिपक गिरी र तिलक बैज रहेका छन्।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अबस्थामा नगदर र तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।