बैतडी। बैतडीमा शनिबार बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा आज शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ का ३५ बर्षीय अम्मर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन्। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको छ । घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।