धनगढी। कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायको गाडीको ठक्करबाट एक बालिका घाइते भएकी छन्। गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको सुपप्र०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष उपाध्याय भने गाडीमा सवार थिएनन्। गाडीको ठक्करबाट घोडाघोडी नगरपालिका वडा नम्बर १ सुन्दरपुरमा ७ वर्षीय मेनुका भण्डारी घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। शनिवारको दिन पनि चालक रेशम आर्चायले सरकारी गाडी चलाएको पाइएको प्रहरीले बताएको छ। बालिकाको घोडाघोडी अस्पताल सुखडमा उपचार जारी रहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको छ।