कञ्चनपुर। कञ्चनपुरमा कुटपिट मुद्धाका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन्। कुटपिट मुद्धामा फरार रहेका प्रतिवादी कञ्चनपुर दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ का धनबहादुर सुनार ३० वर्षपछि पक्राउ परेको प्रहरीले जनाएको हो।
जिल्ला अदालत, कञ्चनपुरले कुटपिट मुद्दामा उनलाई २०५० फागुन १५ गते ६ महिना कैद र २ हजार जरिबाना तोकेको थियो। लामो समयदेखि फरार रहेका उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले अदालतमा पेस गरेको थियो। अदालतले कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कञ्चनपुर पठाइएको छ।