धनगढी : गत कार्तिक १७ गते राती गएको भुकम्पबाट घरबार बिहिन बनेका पिडितहरुलाई राहत वितरण गरिएको छ । जाजरकोटको नलगाढ वडा नम्बर ७, ५ र १ का पहिलो चरणमा मृत्यु भएका परिवारलाई ,दोस्रो चरणमा अपाङ्ग अशक्त र दलित परिवारलाई , तेस्रो चरणमा एकल महिला वृद्ध वृर्दा अनाथलाई ,चौथो चरणमा पुर्ण क्षती भई घरहरू ध्वस्त भएका पीडित परिवारलाई समाजसेवी चादनी ऐर र भागरथी बडालले घरमै पुगेर राहत वितरण गरेका हुन् । देश तथा बिदेशमा रहेका नेपालीहरुबाट संकलित रकमबाट खरिद गरिएको राहत सामग्री जाजरकोटमा वितरण गरिएको हो ।
दारा र पुर्व एस.एस पि चक्र सिंहको सहकार्यमा कोरिया बाट उल्सान सिंहको बिशेष पहलमा उल्सान नेपाली समाज, ख्यङजु नेपाली एकता समाज, अन्याङ नेपाली समाज र कैलालीका समाजसेवी कबिन्द्र ठकुल्ला, समाजसेवी दिपक चौहान र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल बाट सहयोग प्राप्त भएको बताइएको छ । सो रकमबाट चादनी ऐरको सहकार्यमा २ सय २५परिवारहरुलाई स्थानीय नलगाढ वार्ड ७ का समाजसेवी महेश सिंहको सहजीकरणमा बितरण गरिएको बताइएको छ ।