डडेल्धुरा।डडेल्धुराबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार डडेल्धुराको अमरगढी नगरपालीका-४ का ३५ वर्षीय सुरेश सिलाधर लागुऔषध चरेससहित पक्राउ परेका हुन्।
जिल्लाको अमरगढी नगरपालिका-२ मौरोडा कच्ची सडक नजिकबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले सुरेशको साथबाट २ सय ग्राम चरेस जस्तो देखिने कालो पर्दाथ बरामद गरिएको बताए। पक्राउ परेका सुरेशलाई नियन्त्रणमा लिई उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।