कञ्चनपुर। कञ्चनपुरमा नगद रुपैयाँसहित २८ जना जुवाडे पक्राउ परेका छन्। कञ्चनपुर प्रहरीले सोमबारराति भिमदत्त नगरपालिका-१७ बासखेडाँबाट २ लाख ५८ हजार ६ सय नगद रूपयाँसहित २८ जना जुवाडेलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीय भीम बहादुर ठगुन्नाको घरमा जुवातास भई रहेको सूचनाका आधारमा छापा हानेको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी ठगुन्ना सहित २८ जना रहेका छन्।
पक्राउ पर्नेमा दुई जना बाहेक सबै भीमदत्त नगरपालिका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १८ का ईन्द्र पाठक,१० का रमेश टमटा,अमृत कठायत,९ का गणेश महता, १० का कोलाल सिँह ठकुराठी,१६ का भुवन ठगुन्ना, १७ का रोहित पाल, ९ का भवानी सिँह बुढा, १० का पदम बहादुर बोहरा, ११ का भक्त धामी, आशिष खड्का, किशन पाल, राम दत्त भट्ट रहेका छन् । यस्तै भीमदत्त नगरपालिका १७ का राम बहादुर ठकुराठी, किशन ठगुन्ना, भिम बहादुर ठगुन्ना, राकेश ठगुन्ना, घनश्याम ठगुन्ना, ११ का रोशन बिष्ट, ५ का प्रकाश लावड, १७ का सुरेन्द्र ठगुन्ना, १७ का खगेन्द्र बडवाल, ११ का राम दत्त भट्ट, देबेन्द्र बिष्ट, दिपक बाग, १३ का नरपति महता, दार्चुला नौगाड गाउँपालिका ३ का करन बोहरा र डडेल्धुरा अजयमेरु गाउँपालिका ५ का चक्र पाल छन् ।
सोमबार राति ८ बजे उनीहरुलाई पक्राउ गरेको थियो । पक्रा्उ गरिएका सबै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरुमाथि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउने प्रहरीको तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोली पूर्ण तयारीका साथ जुवाखालमा पुगेको थियो। स्थानीयको घरमा जुवातास भई रहेको सूचनाका आधारमा प्रहरी खटिएको थियो।