अछाम। अछाममा नगदसहित जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्। अछामको मंगलसेन नगरपालिका–९ वलीगाउँ बस्ने कमल रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा रावलसहित ७ जना जुवाडेलाई गएराति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घरधनी रावलसहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमानसिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल छन्। प्रहरी चौकी मंगलसेन र जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।