कञ्चनपुर । कञ्चनपुरमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–३ मा जीपले ठक्कर दिँदा पैदलयात्री ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार साँझ पौने आठ बजे धनगढी–कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई म १ च ४१५ नम्बरको जीपले ठक्कर दिँदा सोही ठाउँका तामाङको घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डांगीले बताए।
ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको डिएसपी डांगीले जनाकारी दिए।