धनगढी। सिर्जनशिल गडसेरी समाजको पाँचौ बार्षिक साधारण सभा तथा दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार धनगढी ४ स्थीत नवजिवन अस्पतालको सभाहलमा आयोजित समाजको पाँचौ बार्षिक साधारण सभामा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो।समाजका अध्यक्ष भोज बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी बिस्ट रहेकी थिइन्। प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य बिस्टले गडसेराबासीको प्रगती र एकताका लागी अझ सुदृढीकरण भएर लाग्नुपर्ने सुझाब दिइन्। गडसेराबासी जहाँ रहेपनी यस्लाई अझ ब्यवस्थापन गरी थप एकता र भाइचाराको सम्बन्ध स्थापित गर्नुपर्ने बताउँदै आफु र प्रदेश सरकारबाट हुने सहयोग गर्न तयार रहेको उनको भनाई थियो।पुर्खयौली घर डोटीको गडसेरा भई हाल कैलालीको बिभिन्न क्षेत्रमा बसोबास गरिरहेका समस्त गडसेरी बासीहरु बिच दीपावलीको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो। सिर्जनशील गडसेरी समाजले आफ्नो पाँचौ बार्शिक साधारण सभाको अवसरमा गरिएको “ बृहत रक्तदान “ कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन। यस्तै आ.व.२०७९/८० को आर्थिक प्रतिबेदन कोसाध्यक्ष पद्मा भण्डारीले प्रस्तुत गरिएको कार्यक्रममा सुभाष चन्द्र भण्डारीले समाजले गर्दै आएका कार्यक्रम र भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए। यस्तै समाजका अध्यक्ष भोज बहादुर शाहले गडसेरी समाजका ब्यक्तीत्व बिभिन्न क्षेत्रमा बाँडीएर बसेपनी संकट या सुख-दुख पर्दा एकअर्कालाई साथ दिइ रहेको बताएका छन् । गौसाला निर्माण गर्दा होस् या नवोदय माध्यमिक बिद्यालयमा प्राविधिक शिक्षा थलानी लगायत बिभिन्न सामाजिक क्षेत्रमा समाजले सहयोग र सहकार्य गर्दै आएको उनले बताए ।बिभिन्न आपत-विपदमा गडसेरीले सहयोग गर्दै आएकोमा आगामी दिनमा अझ ब्यवस्थीत भएर अघि बढ्ने उनको भनाई छ।पाँचौ साधारण सभाको अवसरमा विभिन्न बिधामा महत्वपूर्ण योगदान पुगाए बाफत चार जना ब्यक्तित्वलाइ सम्मान गरिएको छ। सम्मानित हुनेमा साइकिल यात्रीका रुपमा परिचित युवा अभियन्ता गडसेरा चौकी घर भै हाल गोदावरी-८, मजगाउ बस्दै आएका भरत बिक्रम शाहलाई सुदुर पस्चिमको प्राकृतिक पर्यटन ब्यवसायलाइ टेवा पुग्नेगरी सामाजिक कार्यहरुमा अग्रसरता भए बाफत सम्मानित गरिएको छ।यस्तै डेउडा गित र लोक संगीतको माध्यम बाट गडसेरा र सुदुरपस्चिमलाइ देश बिदेशमा चिनाउन महत्वपूर्ण योगदान पुगाए बाफत गडसेरा पुर्ख्यौली भै हाल लालपुर, गोदावरी बस्ने सुरेश चोखाललाइ सम्मान गरिएको छ। यस्तै डोटेली लोक परम्पराको संरक्षण,सम्बद्धन र लोक सङ्स्कृतिको निरन्तरता तथा लोकबाजाहरुको जगेर्ना गर्दै आएका गडसेरा घर भै हाल धनगढी-११, घोडसुवा बस्दै आएका धन बहादुर नेपालीलाई सम्मानित गरिएको समाजका सचिव सुभाष चन्द्र भण्डारीले जानकारी दिए। यसैगरी डोटेली लोक सङ्स्कृतीको जगेर्ना, प्रबर्द्धन तथा फाग,माङ्गलको जगेर्नामा लागिराख्नु भएकी गडसेरा भुल्खेत घर भै हाल धनगढी –५, तारानगर बस्दै आएकी महेश्वरी देबि भट्टलाइ सम्मानित गरिएको छ।
सिर्जनशिल गडसेरी समाजकी पाँचौ साधारण सभालाई सम्पन्न गर्न विभिन्न पाटोमा महत्वपूर्ण योगदान पुगाए बाफत नवजीवन अस्पताल प्रा.लि. धनगढीलाई पनि सम्मान गरिएको हो। आजको रक्तदान कार्यक्रममा अस्पतालले महत्वपूर्ण सहयोग गरेको हो। साधारण सभा कार्यक्रममा डेउडा गायक सुरेश चोखालले आफ्नो सुमधुर आवाजमा बिभिन्न डेउडा गित र लोकगितहरु प्रस्तुत गरेका थिए। पाँचौ साधारण सभा कार्यक्रमको अवसर पारी ५० जना गडसेरिहरुले आजिवन सदस्यता ग्रहण समेत गरेका छन्। यस्तै सोही अवसर पारेर नवजिवन अस्पतालले शनिवार ओपिडी सेवा पुर्ण निशुल्क, भिडियो एक्सरे र एक्सरे सेवामा २० प्रतिशत छुट दिएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिएका छन् । कार्यक्रमको संचालन समाजका सचिव लेखराज ओझाले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष नेत्रराज ओझाले राखेका थिए।