धनगढी। धनगढी उपमहानगरपालीकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यार्थीको एउटै ‘ड्रेसकोड’ हुने भएको छ। उपमहानगरपालिकाभित्र सञ्चालित रहेका सबै सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने छात्र-छात्राको ड्रेस कोड एउटै हुने भएको उपमहानगरपालीकाले जनाएको छ।
उपमहानगरको १५ गते बसेको शिक्षा समितिको बैठकले एक रुपता ल्याउन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको ड्रेस कोड एउटै तोक्ने निर्णय गरेको हो। छात्र र छात्राहरुको ड्रेस कोड के कस्तो तोक्ने भन्ने विषयमा आगामी मंसिर १५ गतेभित्र उपमहानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुले विवरण पेस गरिसक्न समेत समयसीमा तोकिदिएको छ। उपमहानगरभित्र हाल ७२ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। नगरभित्र सञ्चालित सरकारी विद्यालयको गुणस्तर सुधार र विकासमा समेत एकरुपता ल्याउने उपमहानगरको योजना छ।