धनगढी। कैलालीको कैलारी गाउँपालिकाबाट दुर्लभ अजिङ्गरको उद्धार गरिएको छ । गएराति कैलारी गाउँपालिका–५ स्थित बिसनपुर गाउँ पसेको दुर्लभ अजिङ्गरको उद्धार गरिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।
गाउँमा आएको अजिङ्गरलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको स्थानीय संरक्षणकर्मी रामु चौधरीले जानकारी दिए । प्राकृतिक वासस्थानमा छोड्नका लागि अजिङ्गरलाई प्रहरीको जिम्मा लगाएको उनले बताएका छन् ।