अछाम। अछाममा एक युवकको हत्या गरेर फरार रहेकी महिला काठमाडौँबाट पक्राउ गरेकी छन् । पक्राउ पर्नेमा ३० वर्षीया लक्ष्मी सुनार रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ निवासी सुनारले आफ्नो छिमेकी रहेका १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेकी थिइन् । गत कार्तिक १७ गते बिहान ६ः४५ बजे हत्या गरेपछि उनी फरार रहेकी थिइन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माछापोखरीबाट बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । सुनारलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको रेग्मीको भनाई छ ।