बैतडी। बैतडीको मेलौली नगरपालिका-२ मा एक किशोरी मृत फेला परेकी छन्। बैतडीको मेलौली नगरपालिका-२ चमागाउँकी १६ वर्षीया बिमला चन्द मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बुधवार साँझ उनी आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेकी हुन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको प्रहरी निरीक्षक खत्रीले बताए। उनी कक्षा १० मा अध्ययनरत थिइन्। घरको सुत्ने कोठामा मृत फेला परेपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।