धनगढी : धनगढीमा २ पाग्रें गाडीका लागी आधुनिक सर्बिस सेन्टर खुलेको छ । धनगढी उपमहानगरपालिका ४ चटकपुर सहिदगेट नजिक कल्भारी वाइक हस्पिटल सञ्चालनमा आएको छ । बिषेशगरी मोटरसाइकलका लागी आधुनिक सुबिधा सहितको सर्विस सेन्टरका रुपमा कल्वारी वाइक हस्पिटल सञ्चालनमा आएको हो ।
आज एक कार्यक्रमका बिच हस्पिटलको उद्घाटन गरिएको छ । स्पिड फोर्सको फा्रइन्चेज साखाका रुपमा धनगढीमा कल्वारी वाइक हस्पिटल सञ्चालनमा आएको हो । धनगढीका राम किशोर चौधरीले हीिपटल सञ्चालनमा ल्याएका हुन् । यस्तो खालको सर्बिस सेन्टर सुदूरपश्चिममै पहिलो रहेको उनले दावी गरे । अन्य सर्बिस सेन्टरमा सामान्य किसिमको चेकजाँच र सर्बिस हुने भएपनि यस वाइक हस्पिटलमा आधुनिक मेशिनबाट सर्बिस गरिने उनले बताए । दुई पाग्रें सवारी साधनलाई बिषेशज्ञ सुबिधा सहितको सर्बिस दिइने उनले बताए ।
बजारमा नयाँ नयाँ ब्राण्डका गाडीहरु भित्रिरहेका छन्, तर हाम्रा सर्बिस सेन्टर पुरानै ढाँचामा सञ्चालित छन् उनले भने “पुरानै मेशिन, पुरानै मिस्त्री सहित सर्बिस हुँदा नयाँ गाडीहरुको समस्या पत्ता लगाउन सकिदैन तर हामीकहाँ नयाँ किसिमका मेसिनरी औजार संगै सबै किसिमका मोटरसाइकल बारे ज्ञान लिएका दक्ष कारिगर हुनुहुन्छ त्यस कारण हामीले सबै किसिमका सर्बिस गर्छौैँ ।” नयाँ पुराना सबै प्रकारका मोटरसाइकलको एउटै ठाउँमा उपचार गर्ने भएकाले यसको नाम वाइक हस्पिटल राखिएको सञ्चालक चौधरीले बताए ।
करिब ३० लाखको लगानीमा अत्याधुनिक मेसिन तथा औजारहरुद्धारा सवारी साधनलाई सर्भिस दिईने व्यवस्था रहेको कलबरी बाईक हस्पिटलका सञ्चालक राम किशोर चौधरीले बताए । उक्त कलबरी बाईक हस्पिटलमा ६ जना युवाहरुले रोजगारी समेत पाएका छन् । हाल रोजगारी छैन भन्दै बिदेशीनेहरुलाई नेपालमै केही न केहीको तालिम प्रदान गरिएमा स्वरोजगार बन्न मदत पुग्ने छ । बाहिर क्षेत्रबाट जनशक्ति मगाउनुभन्दा आफ्नै क्षेत्रबाट रोजगारी लिन सकिन्छ । यस्ता सेन्टरहरुले रोजगारी प्रदान गर्नमा मदत गर्नमा महत्वपुर्ण भुमिका खेल्ने छ । आम नागरिकहरुले सुदुरपश्चिममै पहिलो पटक सञ्चालन गरिएको सर्भिस सेन्टरमा सेवा लिईदिन हुन समेत सञ्चालक चौधरीले आग्रह गरेका छन् ।