काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल दवावमा परेको छ। १० औं ओभरको अन्तिम बलमा नेपालका विष्फोटक ब्याट्सम्यान कुशल मल्ल आउट भएका छन्। अकिब इलियासले मल्ललाई बोल्ड गरेका हुन्। उनले ९ बलको सामना गर्दै ३ रन मात्रै जोड्न सके।
टस जितेर ब्याटिङ रोजेको नेपाललाई ओमानका बलरले सुरुदेखि दवावमा राखेका थिए । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे पनि लामो समय टिक्न सकेनन् । मल्ल पनि आउट भएपनि नेपाललाई अब सम्हालिएर खेल्नुपर्ने वाध्यता छ । क्रिजमा रोहित पौडेल र गुल्शन झा ब्याटिङ गरिरहेका छन् ।