धनगढी। बाजुरेली सेवा समाजको स्मारिका-२०८० बिमोचन गरिएको छ । बाजुरेली सेवा समाज धनगढी कैलालीको आयोजनामा स्मारिका बिमोचन तथा दशै दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो।
शनिवार स्मारिका बिमोचन तथा दशै दीपावली छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी प्रदेशका आर्थीक मामिला मन्त्री नरेस कुमार शाही रहेका थिए। बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिहं धामीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी आर्थीक मन्त्री शाहीले बाजुरेली सेवा समाजको स्मारिका बिमोचन गरेका हुन्। यस्तै बिशिस्ट अतिथीमा प्रकाश शाह, धर्म बहादुर सिहं, कृष्ण बहादुर सिहं लगायत रहेका थिए ।
२०६१ सालमा स्थापना भएको बाजुरेली सेवा समाजले बिभिन्न रचनात्मक कृयाकलाप र मौलिक संस्कृती जर्गेनामा जोड दिदै आएको समाजका अध्यक्ष बजिर सिहं धामीले बताए। उनले बाजुरा घर भई हाल कैलालीमा बसोबास गर्ने सम्पुर्ण बाजुरेलीहरुको संस्कृतीक, सामाजिक तथा राजनितीक क्षेत्रमा योगदान पुर्याउनेहरुलाई एकिकृत गर्ने र समाजमा उदाहरणीय कार्यमा अग्रसर गराउने उदेश्य रहेको बताए।
बाजुरेली सेवा समाजको बिमोचन गरिएको उक्त स्मारिकामा बाजुरेली सेवा समाजको बिगत देखी वर्तमानको अवस्था, बाजुरेलीको इतिहास, बाजुरेली सेवा समाज स्थापना र आगामी बाटो, बडीमालीका मन्दिरको आस्था लगायत, बाजुराको मौलिक पर्व भुवा,कृर्षि, पर्यटन जस्ता बिषय समेटिएका छन् । साथै स्मारिकामा गजल, मुक्तक, भजन समेटिएका छन् । कार्यक्रममा बाजुरा घर भई हाल कैलालीमा बसोबास गर्ने सम्पुर्ण बाजुरेलीहरुले एक अर्कोमा दशँै दीपावली छठ पर्वको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा बिभिन्न ब्यक्तीत्वहरुको सहभागीता रहेको थियो।