काठमाडौं। कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बाग्लुङको बुर्तिबाङमा दुर्घटनामा परेको छ। पोखरामा प्रदेशको कार्यक्रम सकेर मध्यपहाडी लोकमार्ग हुँदै फर्किएका सभामुख नन्दा गुरूङ, उपसभामुख यशोदा न्यौपाने र प्रदेश सभाका कर्मचारीहरू सवार गाडी दुर्घटनामा परेको हो।
सभामुख र उपसभामुख चढेको गाडी मोटरसाइकलसँग ठोक्किएको थियो। सभामुख गुरूङले आफूहरू चढेको गाडीमा विपरीत दिशाबाट तीन जना चढेर आएको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलमा रहेकाहरूलाई सामान्य चोट लागेको बताइन्। ग११प ८१५७ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।