कैलाली। भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा १ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ। गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन्।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ।
यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न गोदावरी नगरपालिका अत्तरियाम कैलालीले सबैमा अपील समेत गरेको छ।गोदावरी नगरपालिका कैलालीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छन।