कैलाली। जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्प प्रभावितहरूको उपचारका लागी सुदूरपश्चिम सरकारले चिकित्सक र औषधि पनि पठाउने भएको छ।
मुख्यमन्त्री कार्यालयमा बसेको आकस्मिक मन्त्री परिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि चिकित्सक र औषधि पठाउने निर्णय गरेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीसहित २० जना चिकित्सकको टोली पठाउने बताए। मुख्यमन्त्रि शाहले घाईतेहरुको उपचारका लागि चिकित्सक सहित २० जनाको स्वास्थ्य टोली पठाउने जानकारी दिए।
मुख्यमन्त्रि शाहका अनुसार चिकित्सक टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने बताइएको छ। यस्तै सरकारले तत्काल प्रभावित क्षेत्रमा १ करोड रकम पनि सहयोग गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने भएको हो।प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना गरेको छ।