धनगढी। जाजरकोट र रुकुमका भूकम्प प्रभावितकालागि सुदूरपश्चिम सरकारले १ करोड रुपैया दिने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको हो।
आज बसेको सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्रि कमल बहादुर शाहले घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया र घाईतेहरुको उपचारका लागि चिकित्सक सहित २० जनाको स्वास्थ्य टोली पठाउने जानकारी दिए । मुख्यमन्त्रि शाहका अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने बताइएको छ।प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।