काठमाडौं। सरकारले शनिबार पनि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो।
यसअघि शुक्रबार पनि बालबालिकालाई औषधी खुवाइएको थियो। भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ। यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको यो कार्यक्रम यो वर्ष बडादशैँ परेकाले १७ र १८ गते सञ्चालन भएको हो।
यता धनगढी उपमहानगरपालीका क्षेत्रमा पनी भिटामिन ‘ए’ र जुकाको औषधी खवाइँदै छ।उपमहानगरपालीकाले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालीकालाई भिटामिन ‘ए’ र १ बर्ष देखी ५ बर्ष सम्मका बालबालीकालाई जुकाको औषधी खुवाईरहेको जनाएको छ।