बझाङ। बझाङको सेती नदीमा बेपत्ता भएका सुरेन्द्र कठायत अझै भेटिएका छैनन्। बझाङको मस्टा गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय कठायत यही कात्तिक ११ गते नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
मस्टा गाउँपालिका ४ तातोपानीस्थित सेती नदीमा बेपत्ता भएका उनको खोजी कार्यका लागि आज मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको प्रहरीले जनाएको छ।