धनगढी। धनगढी-१२ जुगेडामा सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता-२०८० को उद्घाटन गरिएको छ। मनकामना युवा क्लव धनगढी १२ जुगेडाको आयोजनामा ५ औँ प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीताको प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाले आज उद्घाटन गरेका हुन्।
धनगढी १२ जुगेडास्थीत मनकामना युवा क्लवको खेलमैदानमा उद्घाटनको पहिलो खेल भेट्रान तर्फ बोराडाँडी भर्सेस बैयाबेहडी तथा पुरुषतर्फ नेपाल पुलीस क्लब भर्सेस स्टार सिटी क्लब बिच भएको हो। भेट्रानतर्फ पहिलो खेलमा बोराडाँडीले बैयाबेहडीलाई ४-२ गोलको अन्तरले हराएको हो। यस्तै दोस्रो खेलमा नेपाल पुलीस क्लबले स्टार सिटी क्लबलाई १-० गोलको अन्तरले हराएको हो।भोली (सोमबार) ३ ओटा खेल हुने आयोजक मनकामना युवा क्लवले जनाएको छ। भोली हुने पहिलो खेल महिला तर्फ सुर्मादेवी क्लब भर्सेस मसुरिया क्लब, महिलातर्फकै दोस्रो खेल आयोजक मनकामना युवा क्लब भर्सेस लालझाडी युवा क्लब ११ बिच हुनेछ। यस्तै तेस्रो खेल पुरुषतर्फ अल स्टार युवा क्लब भर्सेस कालिका युवा क्लब बिच हुने मनकामना युवा क्लवका अध्यक्ष पाण्डेयले जानकारी दिए। आज आईतबार देखी सुरु भएको महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता कार्तिक १९ गतेसम्म सञ्चालन हुनेछ। हरेक बर्ष आयोजना हुँदै आइरहेको उक्त प्रतियोगीतामा पुरुष तर्फ ८ ओटा टोलीले सहभागी जनाएका छन्। जस अनुसार नेपाल पुलिस क्लब, स्टार सिटी क्लब, अल स्टार क्लब, कालीका क्लब, ग्रिन युवा क्लब, फुलबारी ११, नवोबुद्ध युवा क्लब र मनकामना युवा क्लब रहेका छन्।भेट्रान तर्फ ७ ओटा भेट्रान रहेका छन्। जस अनुसार कैलारी गाउँपालीका भेट्रान, अत्तरीया भेट्रान र बोराडाँडी भेट्रान र बैयाबेहडी, पुनर्वास नगरपालीका, ग्रिन ल्याण्ड पार्क बिकास समिती, मनकामना युवा क्लबको सहभागिता छ।
पुरुष तर्फ प्रथम हुनेलाई १ लाख, भेट्रान तर्फ ७१ हजार र महिला तर्फ ५० हजार र यस्तै पुरुष तर्फ दितीय हुनेलाई ५० हजार, भेट्रान तर्फ ४० हजार र महिलालाई २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ। मुख्य प्रायोजकमा धनगढीको निसर्ग हस्पिटल रहेको छ। भने प्रर्बधकमा धनगढी वडा नम्बर १२ को वडा कार्यालय, सुदुरपश्चिम प्रदेश खेलकुद परिषद, धनगढी उपमहानगरपालीका,कैलाली जिल्ला फुटबल संघ रहेको बताइएको छ। उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिव दिपक बहादुर सिँह, यस्तै निसर्ग हस्पीटलका अध्यक्ष तिर्थ राज पन्त लगायत मनकामना युवा क्लबका पुर्व समिती लगायत बिभिन्न ब्यक्तीहरुको सहभागीता रहेको थियो। यस्तै मनकामना युवा क्लबका संस्थापक बिर बहादुर तामाङ्ग, यस्तै पुर्व अध्यक्ष राज कुमार खत्री, हेम कृष्ण रञ्जीतकार,रमेश न्यौपाने,राजकुमार सुनार,डवल बहादुर थापा लगायत खेलाडी तथा दर्शकहरुको उपस्थीती रहेको थियो।