बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीबाट एक जना सुत्केरी महिलाको उद्धार गरीएको छ। आइतबार हिमाली गाउँपालिका वडा नं ५ रुगिनकी बनकला कार्कीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको हो।
२८ वर्षीया कार्कीले एउटा बच्चा छोरालाई सामान्य तरीकाले जन्म दिएपनि अर्को बच्चा जन्माउनका लागि अप्रेसन गर्नुपर्ने भएकाले रिफर गरीएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ।पेटमा दुई बच्चा रहेकी कार्कीले एक बच्चालाई सामान्य तरिकाले जन्म दिएको र अर्को बच्चा पेटमा उल्टो हुँदा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको स्वास्थ्य केन्द्र कोल्टी प्रमुख रञ्जित शाहले जानकारी दिइन।
रुगिन स्वास्थ्य चौकीमा एउटा सन्तानको जन्म दिएकी कार्कीको अर्को वच्चालाई जन्माउनका लागि अप्रेसन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको उनले बताइन। रुगिन स्वास्थ्य चौकीले कार्कीलाई अप्रेसनका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पठाएको भए पनि कोल्टीमा हुन नसक्दा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको उनले बताईन।
यो भन्दा पहिले अप्रेसन हुने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अहिले एनेस्थेसिया टेक्निसियन दशै विदामा हुँदा रिफर गर्नु परेको उनले बताइन। आमा र जन्मेको बच्चाको अवस्था सामान्य भए पनि अर्को बच्चा जन्माउनका लागि रिफर गरीएको उनले बताईन। कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत सुर्खेत लगिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ।