धनगढी। आज नेपाली कांग्रेस कैलालीले चियापान गर्ने भएको छ। दसैँ, तिहार तथा छठ पर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान आयोजना गर्ने भएको हो।
कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान–प्रदान तथा चियापान आयोजना गरिएको नेपाली कांग्रेस कैलालीले जनाएको छ। नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टका अनुसार कांग्रेस पार्टी कार्यालयमा कार्तिक ११ गते बिहान ११ः०० बजेबाट शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिने छ।
चियापान समारोहमा विभिन्न राजनीति दलका नेता, पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ । काँग्रेसले हरेक वर्ष कोजागत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।