कैलालीको खानिडाँडामा कालिज फर्म सञ्चालन गरिरहेका हुन् बिकास न्यौपाने । करिब ५ बर्ष दक्षिण कोरियामा रोजगारी गरी स्वदेश फर्केका न्यौपानेको कालिज फर्म चुरे गाउँपालिका ५ खानिडाँडा निङ्लाडीमा छ । २०४८ सालमा बुवा खडानन्द न्यौपाने र आमा गौरादेवी न्यौपानेको कोखबाट जन्म लिएका बिकास न्यौपाने सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिकामा जन्मेका हुन् । सुर्खेतबाट सानै उमेरमा कैलाली झरेका न्यौपाने २०५७ सालमा जिल्लाको जानकी गाउँपालिका ८ भगरैवामा बस्दै आएका थिए । सोही ठाउँको हिमालय राष्ट्रिय माध्यमिक बिद्यालयबाट माध्यमिक तह अध्यायन गरेका न्यौपानेले टिकापुर बहुमुखी क्याम्पसबाट उच्च माध्यमिक शिक्षा अध्यायन गरे । उच्च माध्यमिक तहको शिक्षा अध्यायनपछि स्नातक तहको अध्यायनकै बेला उनले रोजगारीका लागी दक्षिण कोरिया जाने योजना बनाए ।
कोरियाको तयारीअघी टिकापुरको रेडियो नमस्तेमा प्राबिधिकको रुपमा उनले कामपनि गरे । सोही बेलादेखी कृषीमा चासो दिने गरेका न्यौपाने कोरियन भाषाको तयारीमा लागे । उनि २०१३ मा भाषा परिक्षा पास गर्दै कोरिया गए । करिब ५ बर्ष कोरियामा काम गरेका न्यौपाने २०७५ सालमा स्वदेश फर्के । कोरियामा हुँदा उनी गाडीको हाइड्रोलिक ब्रेक बनाउने कम्पनिमा काम गर्दथे । स्वदेश फर्केपछि उनले काठमाण्डौँ, भक्तपुर, काभ्रे लगायतका बिभिन्न ठाउँमा कृषी क्षेत्रको अवलोकन गरे । कोरियामा काम गर्दादेखी बाटै नेपालमा कृषी क्षेत्रमा लगानी लगाउने उनको योजना अनुरुप स्वदेश फर्के लगत्तै कृषी क्षेत्रको अवलोकनमा उनि जुटे । धेरै ठाउँको अवलोकन गर्दै उनले स्मार्ट कृषी सम्बन्धी तालिम लिए ।
त्यसपछि ललितपुरको ठाकुरे भन्ज्याङमा एउटा कृषी फर्ममा उनले सहकार्य गर्न खोजे । लोकल कुखुरा र कालिजको फर्ममा उनले सहकार्य गरे । दुइजनाको लगानीमा फर्म निरन्तर सञ्चालनमा थियो । सो फर्मबाट सुदूरपश्चिममा समेत कुखुरा तथा अण्डाहरु निर्यात हुने गरेका थिए । दुई जनाको सहकार्यमा फर्म सञ्चालन भइरहेपनि न्यौपानेले आफ्नै फर्म सञ्चालनको तयारीपनि थालेका थिए । उनले फर्म सञ्चालनका लागी जमिन भाडामा समेत लिइसकेका थिए । फर्म सञ्चालनका लागी न्यौपानेले नेपाल वाइड लाइफ एग्रो प्रा.ली दर्ता समेत गरिसकेका थिए । तर बिश्वब्यापी महामारीका रुपमा आएको कोरोनाका कारण उनले ललितपुरमा फर्म सञ्चालन गर्न सकेनन् । कैलालीको खानिडाँडामा कुखुरा फर्म सञ्चालन गरेका कृष्ण भट्ट तथा झपट बोहरा समेत यहाँबाट ललितपुर समान ल्याउन पुग्ने गरेको न्यौपानेले देखेपछि उनि सुदूरपश्चिममा बजारको अवस्था बुझ्न आए । सुदूरपश्चिमका बिभिन्न जिल्लाको बजार अवस्था बारे जानकारी लिएका न्यौपानेले कैलालीको खानिडाँडा लोकल कुखुरा तथा कालिज पालनका लागी उपर्युक्त ठाउँ ठाने । भारतिय तथा नेपाली पर्यटकको रोजाइमा पर्ने खानिडाँडामा कालिज फर्म सञ्चालन गर्न सके आफ्नो ब्यवसाय संगै यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा सहित उनले खानिडाँडामा कालिज फर्म सञ्चालन गर्ने तयारी थाले
सुदूरपश्चिमका बिभिन्न जिल्ला भ्रमणपछि खानिडाँडामा कालिज फर्म सञ्चालन गर्ने तयारी गरिसकेका न्यौँपाने फेरी काठमाण्डौँ फर्के । आफुले लगानी लगाएको फर्मबाट उनले लगानी फिर्ता लिने खोजे । उनको लगानी अनुसार ३ सय कुखुरा उनको भागमा परे । ति कुखुरा ल्याएर खानिडाँडा पुगेका उनले निङ्लाडी भन्ने ठाउँमा २०७७ साल साउन २० गते फर्म सञ्चालनमा ल्याए । भदौमा फर्म दर्ता गरेर ब्यवसायिक रुपमा खानिडाँडामै उनले करिब ३५ लाखसम्म कुखुरा फर्मका लागी लगानी गरे । बिस्तारै ५५ लाखसम्म लगानी गरिसकेका न्यौपानेले ८ जनासम्म दैनिक ज्यालादारी तथा २ जना करार ज्यालामा कर्मचारी राखेका छन् । कर्मचारी संगै फर्मको काममा परिवार सहित आफै खटिने उनि अहिले चल्ला पु¥याउनै नसक्ने अवस्थामा छन् ।
काठमाण्डौँमै काम गर्दा निकै उपलब्धी गर्न सफल उनलाई शुरुमा खानिडाँडा आउँदा केही कठिन भएपनि बिस्तारै कठिनलाई सहज गर्दै उनि अगाडी बढे । शुरुमा खासै काम गर्न नपाएपनि दोश्रो बर्षदेखी राम्रै बिक्रि भइरहेको उनि बताउँछन् । एक बर्षमा मात्रै ५ सय भाले बिक्रि गरेको न्यौपानेले बताए । सुदूरपश्चिमका ९ जिल्लासंगै सुर्खेत र दैलेखमा हाल उनि चल्ला निर्यात गर्ने गरेका छन् । चल्लाको मागनै धेरै आउँदा उनलाई आजभोली खाना खाने फुर्सदपनि मुस्किलले पाइन्छ । लगानी गरे अनुसार निराश हुने अवस्था नभएपनि भौगोलिक कारण अली समस्या रहेको उनि बताउँछन् । मुख्य सडबभन्दा केही तल फर्म भएका कारण कुखुराका लागी आवश्यक दाना ल्याउन र कुखुरा निर्यात गर्न सडकसम्म बोकेर ल्याउनुपर्ने बाध्यता उनमा छ । बिगतमा बिजुली अभावमा समस्या झैल्दै आएका उनि ३ फेज बिजुली बालिसकेपनि फर्मसम्म सडक नपुग्दा समस्यामा छन् । मैले यहाँ फर्म शुरु गर्नेबेला देखीनै बाटोका लागी धेरै पहल गरिरहेको छु उनले भने “चुरे गाउँपालिकाका निबर्तमान अध्यक्ष ज्युलाई मेरो फर्ममै ल्याएर बाटोका लागी पहल गरिदिन आग्रह गरेको थिए, सुनुवाई भएन, अहिलेको अध्यक्ष ज्युलाइपनि भनेको छु हेरौँ उहाँले के गर्नुहुन्छ ।” फर्मसम्म बाटो नपुगेकै कारण दाना महगों पर्ने गर्दछ उनले भने “गाडीले सडकमा फालेर गएको दाना हामीले भरिया लाएर फर्मसम्म ल्याउनुपर्ने अवस्था छ त्यस कारणपनि दाना महगों पर्ने गरेको छ ”
कृषी क्षेत्रमा धेरै सम्भावना छ तर चुनौती त्यो भन्दा बढी छन् उनले भने “थोरै थोरै लगानी लगाएरपनि कृषी पेसा शुरु गर्न सकिन्छ, समय दिए सफलपनि बन्न सकिन्छ, तर सरकारी उदासिनताका कारण काम गर्ने किसान निराश हुनुहुन्छ, नक्कली किसान बनेर राजनिति गर्ने र अनुदान खाने परम्परालाई हटाए काम गर्ने किसानले राहत पाउने थिए ।” सरकारले कृषी क्षेत्रमा लगानी गरेर, एउटा पालिका स्तरिय संकलन केन्द्र बनाइदिनुपर्छ उनले भने “कृषी भनेरै मसंगै कोरियाबाट फर्केका साथीहरुलेपनि लगानी गर्नुभाथ्यो तर उहाँहरुले सक्नै भएन, उहाँहरुका फर्म बन्द भइसकेका छन्, मेरो जसोतसो चलिरहेको छ, हेरै भौतिक पुर्वाधार सहज भए झन हामीलाई काम गर्न सहज वातावरण हुने थियाृ ।”
अहिले सिजनमा त कुखुरा पुगाउनै नसकिने अवस्था रहेको न्यौपानेले बताए । अब कालिज संर्ग बलिया भालेपनि पाल्ने योजनामा आफु रहेको उनले बताए । हाम्रो नेपालमै बसेर ठुलो लगानी गर्न चुनौतीनै छ उनले भने “तर बिदेश गएका साथीहरुलाई म के आवह्वान गर्दछु की बिदेशमा कमाएको रकम उतै खर्च गर्नुभन्दा नेपालमा लगानी गर्नुस, यहाँको लगानीले तुरुन्तै प्रतिफल नदिएपनि बिस्तारै प्रतिफल दिन्छ । हामीलाई सरकारले धेरै गर्नुपर्ने केही छैन उनले भने “हामीले अनुदान मागेका छैनौँ, हामीले सुबिधा मागेका छौँ, त्यो सुबिधा पाए कृषी क्षेत्रमा लगानी बढ्ने छ र अधिकाशं नेपाली नागरिक कृषी पेसा अगांल्ने छन् ।”
कृषी ब्यवसायमा घाटा चाहीँ छैन उनले भने “अब अल्लारे पारामा ब्यवसाय गरे त भन्न सकिदैन, अली संबेदनशिल भएर काम गर्ने हो भने घाटा छैन, भने जस्तै गर्न नसकिएला तर घाटामै जान्न ।” अली समस्या सानो चल्लाको हो त्यो बेला जोगाउन सके पछि केही हुँदैन उनले भने “चल्लालाई बचाउन नसके सबै खोरमै सातरपनि हुन सक्छन्, त्यही चल्लालेनै हो ब्यवसाय धान्ने त्यो बेला ख्याल गरे सफल भइन्छ ।” स्टाफको मात्रै भर पर्नुभन्दा आफुले सक्दो समय दिए चलाउन सस्तो र सजिलो पर्ने उनि बताउँछन् । न्यौपानेले अब बदिया कालिज बनाएर बिक्रि गर्ने तयारीपनि गरेका छन् । हामी एक पटक कस्तो बन्छ परिक्षण गर्छौँ उनले भने “यसको स्वाद कस्तो बन्छ, सायद राम्रै बन्छ होला लाग्छ अन्य भन्दा स्वाद मिठो दिए बदिया कालिज बनाएर त्यसको ब्यापार शुरु गछौँ, सायद अर्को बर्षबाट त्यसको ब्यापारपनि शुरु हुन्छ होला ।”