धनगढी : बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा ४२ राँगा र १५ बोकाको बलि दिइएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित उदयदेव मन्दिरमा आज महानवमीमा लागेको जात्रामा ४२ राँगा र १५ बोकाको बलि दिइएको सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए ।
महाअष्टमी देखि सुरु भएको जात्रामा आज पशुबलि दिइएको उनले बताए । मन्दिरमा आज महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए । उदयदव मन्दिरमा मन्दिरमा महाष्टमीका दिन रांगा लग्ने र महानवमीका दिन काट्ने चलन रही आएको छ ।
उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ । महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको हो ।