दार्चुला। दार्चुलाबाट बझाङका दुई जना डेढ किलो चरेससहित पक्राउ परेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका८ पस्तिबाट एक किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार बझाङ बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय रामबहादुर बोहरा चरेससहित पक्राउ परेका हुन् ।
बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। चरेससहित पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।