धनगढी : बैतडीमा पछिल्लो समय जबरजस्ती करणीका घटना बढेका छन् । प्रहरीको तथ्याकं अनुसार जिल्लामा जबरजस्ती करणीका घटना बढेको पाइएको हो । प्रहरीका अनुसार चालु आर्थिक बर्षको ३ महिनामा ७ वटा जबरजस्ती करणीका घटना घटेका छन् । चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म जिल्लाका विभिन्न स्थानमा ७ वटा जबरजस्तीकरणीका घटना भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । जबरजस्तीकरणीका घटनामा संलग्नलाई पक्राउ गरेर आवश्यक कारवाही समेत भइरहेको उनले बताए ।
चालु आर्थिक बर्षमा जबरजस्तीकरणी उद्योगको एक घटना बाहिर आएको छ । यी सबै घटनाहरुमा प्रहरीले आफ्नो अनुसन्धान गरेर दोषीलाई अदालतमा पेश गर्ने गरेको प्रहरी निरीक्षक खत्रीले बताए । यस्तै गएको आर्थिक बर्षमा जिल्लाभरीमा १४ ओटा जबरजस्तीकरणीका घटना भएका र ६ ओटा जबरजस्तीकरणी उद्योगका घटना भएका प्रहरीको तथ्यांक छ । बढ्दो प्रविधिको दुरुपयोग, लागुऔषधको प्रयोग लगायतका कारणले जबरजस्तीकरणी जस्ता जघन्य अपराध बढ्दै गएका प्रहरीको निष्कर्ष छ ।
सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणले पनि जबरजस्तीकरणीजस्ता जघन्य अपराध बढ्दै गएका प्रहरीले जनाएको छ ।