बैतडी : बैतडीकी एक किशोरी गएको पाँचदिनदेखि बेपत्ता रहेकी छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ दोराकी २० बर्षीया कल्पना महरा गएको बिहीबारदेखि बेपत्ता रहेकी पारिवारिक श्रोतले जनाएको छ । गोठालो गएकी कल्पना अहिले सम्म सम्पर्कमा नआएकी उनकी आमा मानमती महराले जानकारी दिइन् । कल्पनाका बिषयमा आफन्त, इष्टमित्रहरुसंग सोध्दा समेत कतै फेला नपरेकी उनले बताइन् ।
बिहीबारदेखि हराएकी छोरी फेला नपरेपछि आइतबार प्रहरीचौकी ढोल्यमोडमा निवेदन समेत दिएको मानमतीले बताइन् । बेपत्ता भएकी कल्पनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गहुँगोरो वर्ण भएकी कल्पनाले कालो सुरुवाल र सेतो बुट्टा भएको सुट लगाएकी उनकी आमा मानमतीले बताइन् । कैलपाल माविमा कक्षा ९ अध्ययनरत कल्पनामा कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेका थिए ।