कञ्चनपुर। कञ्चनपुर बेदकोट नगरपालीका वडा नम्बर ७ की क्यान्सर पिडीत कमला पन्तको उपचारका लागी आर्थिक सहयोग गरिएको छ। क्यान्सरबाट पिडीत भइ मिती २०८० भदौ १० गते देखी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत पन्तको उपचारका लागी अमेरीकाबाट आर्थिक सहयोग गरिएको हो।
सुदर्शन पन्तको बिशेष पहल तथा सहयोगमा अमेरीकामा रहेका नेपालीहरुबाट आर्थिक संकलन गरेर उक्त रकम उपचारका लागी नेपाल पठाइएको हो। अमेरीकामा रहेका २८ जना नेपालीहरुबाट १ लाख १९ हजार ८५४ रुपैँया उपचारका लागी पठाइसकिएको पन्तले जानकारी दिए।
क्यान्सर पिडीत पन्तको उपचारकालागी मनकारी सहयोगीदाताले आर्थिक सहयोग गरेकोमा उनले धन्यवाद ब्यक्त गरेका छन् । साथै क्यान्सर पिडीत परिवारको आर्थिक अवस्था कमजोर र उपचारको लागी रकम अपुग हुने भएकाले स्वदेश तथा बिदेशबाट सहयोग गर्न सकिने जनाइएको छ।सहयोगीदाताको नाम तल उल्लेख गरिएको छ ।