धनगढी। धनगढीका बिभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दिमागलाई आरामदायी राख्ने कला सम्बन्धि तालिम दिइएको छ। बुधबार धनगढीको नवजीवन अस्पतालमा ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय एवम राजयोग प्रशिक्षण क्षेत्रिय कार्यालय धनगढीको आयोजनामा उक्त (The Art of Relaxtion mind set training) तालिम दिइएको हो।
धनगढीका बिभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अन्तराष्ट्रिय मोटीभेसनल स्पीकर तथा लाईफ कोच व्रह्मा कुमार रमण भट्टराईद्धारा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु मानव जिवनलाई कसरी सहज बनाउने कसरी जिउने सम्बन्धमा जानकारी प्रदान गरेका थिए। उनले जस्तोसुकै परिस्थीतीमा निराश नभइकन हसिलो तथा संयमित बन्न आग्रह गरे। मनको काम दुईटा हुन्छ, मनको काम केही गर्ने, अर्को भनेको बिचार गर्ने। बिचार गर्ने पहिलो नम्बरको काम हो । जस्तै म अहिले प्रधानमन्त्री बन्न सक्छु,न्यायाधिष बन्न सक्छु। मेरो न्यायाधिष भ्रष्ट भएको छ। मेरो बुद्धिपनी जे मन लाग्यो त्यही गर्छ उनले भने, तर माईण्डको सेटिङ गर्नुपर्दा धेरै कुराहरु गछौँ, खानेकुरा खान्छौँ, घर चिटिक्क बनाउँछौँ ।तर माईण्ड सेटिङ हुँदैन, माईण्ड अपसेट हुन्छ काम बिग्रीने हुन्छ। त्यसकारण निराश नभईकन आफु र घरपरिवार सुखी र सुखी बन्नुपर्ने उनको भनाई छ।
मोटीभेसनल स्पीकर भट्टराईले जीवन तथा जगतका कुरा,जीवन भोगाइबाट आम मान्छेका दैनिक जीवन, सडक संघर्ष, सानदार जीवन ब्यतित गरिरहेका धनाढ्यहरु जीवन भोगाइ लगायतका कुरा सुनाएका थिए। उनले जीवनलाई कसरी अगाडी बढाउने र असफलबाट सफल कसरी बन्ने बारेमा जानकारी दिएका थिए। संघर्षका सकारात्मक कुरा गरेर आत्मसाथ गरेर अघि बढे जिवन सुख खुसी रहने बताए। कार्यक्रममा ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय एवम राजयोग प्रशिक्षण क्षेत्रिय कार्यालय धनगढीकी क्षेत्रिय प्रमुख हिरा तिमिल्सेना, प्रशिक्षक रमण भट्टराई, महेन्द्र खनाल, दुर्गा चौधरी, नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर बिदुरमणी ढकाल, सिइओ चक्र खडायत लगायत बिभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।