धनगढी। कैलालीको धनगढीबाट डडेल्धुरा जाँदै गरेको बस दुर्घटना भएको छ। आज (सोमबार)बिहान ११ बजे धनगढीबाट जोगबुढाका लागि छुटेको बस शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस कैलालीको गोदावरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सो बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा डडेल्धुरा जोगबुढाका तीनजना घाइते भएका छन्। घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्।
अहिले उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बस चालक डडेल्धुरा जोगबुढाका हरिश भट्टराईलाई नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।