बैतडी। बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी कंकुरादेवी भट्ट सर्पको टोकाइबाट घाइते भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार शुक्रबार दिउँसो घाँस काटिरहेको बेला भट्टलाई सर्पले टोकेको हो। घाइते भट्टको जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
सर्पले टोकीहालेमा जिल्ला अस्पतालमा उपचारका लागि आउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्। यो बर्षदेखि जिल्ला अस्पतालमा सर्पदंशका बिरामीहरुको उपचार शुरु भइसकेको अस्पतालले जनाएको छ।