धनगढी। धनगढीका साना तथा मझौला उद्यमी तथा व्यवसायीहरुलाई विपद जोखिम स्थानान्तरण र बीमा सम्बन्धी अभिमुखीकरण दिइएको छ।
शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना सुपर अन्तरगत युएनडिपी, युएनओमन,यूनिसेफ, नेपाल रेडक्रस सोसाईटिको आयोजना, यूरोपियन यूनियनको आर्थिक सहयोग तथा नेपाल बीमा प्राधिकरण,सुदूरपश्चिम प्रदेश र कैलाली चेम्बर अफ कमर्शको समन्वयमा साना तथा मझौला उद्यमी तथा व्यवसायीलाई उक्त अभिमुखीकरण दिइएको हो।विपद जोखिमको पुर्वतयारीका बेला के कसरी सुरक्षा अपनाउने र विपद जोखिमको समय र विपद घटनापछि के कसरी सुरक्षा अपनाउने सम्बन्धमा अभिमुखीकरण दिइएको कार्यक्रममा सहभागी जानकारी दिइएको बताइएको छ। साना तथा मझौला उद्यमी तथा व्यवसायीहरुले अभिमुखीकरण कार्यक्रमबाट उद्योग तथा ब्यवसायमा आइपर्ने विपद जोखिमका बेला सुरछित रहन ठाउँ स्थानान्तरण तथा बीमा लगायतका सुरक्षा पहिले देखीनै अपनाए विपद जोखिम टार्न सकिने र विपद व्यवस्थापन गर्न सजिलो हुने कुरा सिकेका हुन्।
विपद व्यवस्थापन तथा न्युनिकरणका लागी सुपर परियोजना अन्तरगत बिभिन्न तालिम,अभिमुखीकरण तथा प्रतिकार्य अभ्यास दिदै आएको कार्यक्रम तर्फका बिकास नेपालीले जानकारी दिएका छन्।साना तथा मझौला उद्यमीलाई विपद जोखिम स्थानान्तरण र बीमा गर्ने अभिमुखीकरण कार्यक्रममा बिभिन्न उद्योग ब्यवसायी तथा बिमा सँग सम्बन्धीत ब्यक्तीत्व तथा कर्मचारीको सहभागिता रहेको थियो।