धनगढी। धनगढीमा विपद् सम्बन्धी परिस्कृत संकटासन्नता क्षमता,विश्लेषण तथा पर्यावरणीय पारिस्थितीक प्रणाली सम्बन्धी लेखाजोखाको परिणामबारे छलफल गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कैलालीले ब्रिटिश रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुन गैरहेको प्रकृतिमा आधारीत समाधान(Nature Based Solutions)कार्यक्रमकालागि हालै सम्पन्न गरिएको परिस्कृत संकटासन्नता तथा क्षमताविश्लेषण(EVCA)तथा पर्यावरणीय पारिस्थितीक प्रणाली(Eco-system)सम्बन्धी लेखाजोखाको परिणामहरुबारे छलफल गरिएको हो।धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकलाकुमारी रानाको अध्यक्षतामा सञ्चालन भएको कार्यशालागोष्ठीमा पुर्नवास नगरपालिकाका उपप्रमुख, धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर १७ र १९ का वडा अध्यक्ष, इन्जिनियर, शाखाप्रमुखहरुको सहभागीता रहेको थियो। कार्यक्रमका तर्फबाट कार्यक्रम अधिकृत नरेन्द्र भट्टले जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव, विपद् जोखिम तथा समाधानमा उपायहरुको लागिहालै सम्पन्न गरिएको लेखाजोखाको परिणाम जानकारी आदानप्रदानका लागि कार्यशाला गोष्ठी गरिएको बताए।
कार्यक्रम अधिकृत भट्टले परिस्कृत संकटासन्नता क्षमताविश्लेषण(EVCA)को बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम व्यवस्थापक उमेश ढुगांनाले कार्यक्रमको उद्देश्य माथीप्रकाश पार्दै जलवायु परिवर्तनले पारेको प्रभाव र यसले समुदायस्तरमा पारेको असरलाई न्यूनीकरण गर्न स्थानीय सरकारसँग सहकार्य, समन्वय र सहयोगीभूमिकानिर्वाह गर्ने जानकारी गराएका थिए।यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलालश्रेष्ठले जलवायु परिवर्तनको सवालमा सबै सरोकारवालाहरु एकैठाउँमा बसर बहस तथा सहकार्य गर्नु आवश्यक बताए। धनगढी उपमहानगरपालिकाले जलवायु परिवर्तन लगायत ताल तलैयाको संरक्षण तथा सम्वर्धन गर्ने कार्यलाई प्र्राथमिकताको विषयमा राखेको र सोही अनुरुप कामगर्ने योजना रहेको जानकारी दिए। यस्तै धनगढी उपमहानगरपालिकाकी उपमेयरले नेपाल रेडक्रस सोसाइटीले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएकी छिन्। उनले उपमहानगरपालिकाको तर्फबाट संयुक्त रुममा कार्यक्रम कार्यन्वयनका लागि उपमहानगरपालिकाको सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।यस्तै विपद् व्यवस्थापन,वातावरण खानेपानीतथाफोहोर व्यवस्थापन, स्वरोजगार शाखा, नगरस्तरीय वनवातावरण तथाविपद् व्यवस्थापन समितीको संयोजक, ब्रिटिरेडक्रसका प्रतिनिधी, नेपाल रेडक्रस सोसाइटी केन्द्रियकार्यसमिती सदस्य, नेरेसो सुदुर पश्चिमप्रदेश अध्यक्ष, कैलाली जिल्ला शाखाका उपसभापतीलगायत सदस्यहरु, केन्द्रिय कार्यलयका प्रतिनिधीहरु, डिभिजन वनकार्यलय, भूमिगतजलस्रोत तथा सिचाई विकास डिभीजन कार्यालय जिआईजेडका प्रतिनिधी लगायत ३ जना महिला र २२ जना गरी २५जनाको उपस्थिती रहेको थियो।