बैतडी। बैतडीमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु भएको छ ।दोगडाकेदार गाउँपालिका-६ गौकुराका ६८ वर्षीय शोभानसिंह भण्डारीेको स्क्रब टाइफसबाट मृत्यु भएको हो ।जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर भानु चालिसेले उच्च ज्वरो लिएर बुधबार अस्पताल भर्ना भएका भण्डारीको मृत्यु भएको पुष्टि गरेका छन् ।
उनको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफस देखिएको थियो । मृगौलामा समेत समस्या भएका भण्डारीको रगतमा अक्सिजनको मात्रा पनि कम थियो ।उनलाई जिल्ला अस्पतालले थप उपचारका लागि धनगढी पठाएको थियो तर भण्डारीको बाटोमै मृत्यु भएको हो ।