धनगढी। कैलालीमा साढे ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-४ बाट बझाङको बुङ्गल नगरपालिका-२ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी लागुऔषध चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ।
बिहीवार राति उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ। उनको साथबाट ३ किलो ५ सय ग्राम लागुऔषध चरेस बरामद गरिएको हो। धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेश फेला पारी नियन्त्रणमा लिइएको छ। धामी र मोटरसाइकललाई नयन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।