कैलाली। कैलालीको गेटाबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन। कैलालीको गोदावरी नगरपालिका ५ गेटाबाट खुनाटोलका २५ बर्षिय हरि कुमार खुना लागु औषध खैरो हेरोईनसहित पक्राउ परेका हुन्।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी गेटाबाट खटीएको प्रहरी टोलीले १३० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ परेका खुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।