डडेल्धुरा। डडेल्धुराको एकसहित सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई कालो सूचीमा राखेको हो।
कार्यालयले एक सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ। जसमा ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरा पनि रहेको छ। उसलाई एकवर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।