धनगढी : प्रभु इन्स्योरेन्स लिमिटेडको बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज धनगढीमा आयोजित कार्यक्रमको अध्यक्षता इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले गरेका थिए । नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख हृदेश्वर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बिमा क्षेत्र, सहकारी तथा यातायात क्षेत्रमा कार्यरत संगठनहरुका प्रतिनिधीहरुको सहभागिता थियो ।
नवजिवन सहकारी संस्थाका अध्यक्ष देव बहादूर बम, खप्तड यातायाता प्रा.लीका अध्यक्ष अनन्त जोशी, डेरी एशोसिएशन नेपालका उपाध्यक्ष कर्ण बहादूर हमाल, जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित बहादूर मल्ल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्द लगायतका ब्यक्तीहरुको सहभागिता थियो । यस बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रमले निर्जिवन बिमा सम्बन्धी महत्वपुर्ण जानकारी दिइएको इन्स्योरेन्सले जनाएको छ ।
इन्स्योरेन्सका कार्यकारी अधिकृत बज्राचार्यले सवारी साधन मात्रै नभएर सबै क्षेत्रको निर्जिवन बिमापनि आवश्यक रहेको बताए । गाडी मोटरको मात्रै नभएर अन्य अचल सम्पतिकोपनि बिमा आवश्यक रहेको उनले बताए । अचल सम्पतिको बिमा सबैबाट उठाएर पिडितलाई दिने श्रोत रहेको उनि बताउँछन् । सबैलाई बिपत्ती आउँछ भन्ने छैन तर बिपत्ती आएको बेला बिमा हुँदा र नहुँदाको स्थिती धेरै फरक हुने उनि बताउँछन् । बज्राचार्यले सबैलाई बिमामा आवद्ध हुन आग्रह गरे । कार्यक्रमको सञ्चालन प्रभु इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रमुख राम सिहं महराले गरेका थिए ।