कैलाली। कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित विभिन्न स्थानबाट भन्सार छली ल्याएका अन्दाजी पचास हजार मूल्य बराबरका कपडा,ब्लुटुथ स्पिकर,प्लाष्टिकको कुर्ची लगायतका सामान र गड्डाचौकीबाट अन्दाजी दश लाख ६७ हजार मूल्य बराबरका कोट पाइन्टको कपडा,सर्टको कपडा,ट्रेक सुट,जिन्स पाइन्ट,लेडिज सुट,मोबाइल कभर,चप्पल लगायतका सामानहरू शनिवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ बडहराबाट अवैध रूपमा भन्सार छली ल्याएका अन्दाजी १९ हजार सात सय मूल्य बराबरका चिनी,सोडा,मिठाई,चकलेट लगायतका सामानहरू शनिवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।