धनगढी। सुदूरपश्चिमका १५ हजार कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ। १७ औं राष्ट्रिय रेबिज दिवसको अवसरमा कुकुर बिरालालाई निःशुल्क खोप लगाइएको हो।
यस्तै, रेबिज सप्ताहमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयमा गएर पाँच हजार विद्यार्थीलाई रेबिजको विषयमा आवश्यक शिक्षा दिने काम भएको पशु अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए ।
रेबिज सप्ताहकै अवसरमा सुदूरपश्चिमका ५० जना पशु चिकित्सक र प्राविधिकलाई ब्रेन सेम्पल निकालेर रेबिज परीक्षण गर्ने तालिम प्रदान गरिएको छ । रेबिज विरुद्धको १५ हजार खोप मध्ये १० हजार खोप केन्द्रीय पशु सेवा विभागबाट उपलब्ध भएको हो भने पाँच हजार खोप सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको हो। रेविज नियन्त्रणः एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ आज रेविज दिवस मनाइँदै छ।
रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो। रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो। अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै हो।