धनगढी। धनगढी रातोपुलमा रहेको केजिष्ट होटेल म्यानेजमेन्ट इन्सिच्युटले विश्व पर्यटन दिवस मनाएको छ। केजिष्टले बुधबार वकृत्वकला कार्यक्रमको आयोजना गर्दै विश्व पर्यटन दिवस मनाएको हो।
नेपाल पर्यटन सम्भाव्यताको भूमी शिर्षकमा आयोजित प्रतियोगितामा प्रज्वल रावल प्रथम भएका छन्। १५ जना सहभागी आन्तरिक प्रतिस्पर्धामा दीपक विक द्वितीय र कविराज बोहरा तेस्रो भएका छन्। सहभागी तीनै जनाले टोकन अफ लव प्राप्त गरे । विद्यार्थीहरुको सक्रिय सहभागिता उत्साहजनक रहेको केजिष्टका एकेडेमिक हेड सन्दीप पाण्डेले जानकारी दिए।
विगत १२ वर्षदेखि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धि विविध दिवसहरु केजिष्टले मनाउँदै आएको छ। उक्त परम्परालाईं निरन्तरता दिदैँ यसवर्ष पनि पर्यटन दिवस मनाइएको एकेडेमिक हेड पाण्डेय बताए। यस खाले अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुगेको उनले बताए।
कार्यक्रममा प्रमुख अतिथि एसपीए कलेजका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारी, केजिष्टका व्यवस्थापक गोपालबहादुर धामी, संयोजक सम्राट बुढामगर, सेफ राजन खड्का, मार्केटिङ प्रमुख भक्तबहादुर जोरा, लेखापाल धिराज बोगटीलगायतको उपस्थिति थियो।२०६८ सालदेखि होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको केजिष्ट सुदूरपश्चिममै हस्पिटालिटी क्षेत्रमा अग्रिणी संस्था हो।
केजिष्टमा अध्ययनरत् विद्यार्थीहरु हालसम्म मलेसिया, दुबईं, जोर्डन, कुवेत, भारत र नेपालका स्टार होटलहरुमा रोजगारीमा कार्यरत छन् ।केजिष्टमा मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा डिप्लोमा कोर्षहरु सञ्चालनमा छन्। साथै हस्पिटालिटी क्षेत्रमा करिअर बनाउँन चाहने विद्यार्थीहरुका लागि केजिष्टमा २ वर्षे होटेल म्यानेजमेन्ट तथा डिप्लोमा कोर्षहरु धमाधम भर्ना भइरहेको पाण्डेयले बताए ।