धनगढी। डोटीको शिखर नगरपालिका वडा नम्बर ७ श्री लाटाकाफली आधुनिक कृषि तथा पशुपन्छी फर्म सञ्चालनमा आएको छ । सञ्चालक यज्ञबहादुर रावलले कृषि खेतिको प्रवद्र्धन गर्ने उद्देश्यले फर्म सञ्चालनमा ल्याएका हुन्।
उनले फर्ममा अमिलो जातको फलको उत्पादन अनारजन्य तथा कडा कोया हुने फलफूल, ब्याडको तयारी कार्यहरु, अन्य तरकारीहरुको उत्पादनसंगै मिश्रित खेति गर्ने बताए ।
गाई बस्तु तथा भैंसी पालन, भेडाबाख्रापालन, पन्छीपालन, माछा तथा माछाको मासु, संरक्षण एवं प्रशोधन गर्ने भाँडा वा डिब्बा तयार गर्ने काम, उष्ण र समशीतोष्ण फलको उत्पादन, अन्य रुख झाडी फल र कडा बोक्रा भएको फलफूलको उत्पादन, बंगुर पालन, मौरीपालन लगायतका खेति फर्मले गर्ने बताए । लाखौं लगानीमा सञ्चालनमा ल्याइएको फर्मले कृषि उपजमा बृद्धि ल्याउनका साथै रोजगारीको पनि सृजना गर्ने उनको भनाई छ ।