दार्चुला। दार्चुलाको अपि हिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडी घर भएका जनकराज ९जेआर० भट्ट प्रथम भएका छन्। गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम भएका हुन्।
टिकटक प्रतियोगितामा रञ्जना लोथ्याल द्धितिय भएका छन् भने अन्य ५ जनाले सान्त्वना स्थानमा चित्त बुझाउनु परेको छ । सान्त्वना स्थान प्राप्त गर्नेमा लखन बोहरा, रविना ठेकरे, रामा बोहरा, पशुपति कार्की र नयाँ नेपाल एफएममा कार्यरत पत्रकार उद्धवसिंह धामी रहेका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार द्धितिय हुनेलाई ७ हजार र सान्त्वना स्थान हात पारेका ५ जनालाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार तथा प्रमाणपत्र सहित प्रदान गरिने गाउँपालिकाले जनाएको छ। टिकटक प्रतियोगिता विजेता हुनुभएका सहभागी र सान्त्वना स्थान प्राप्त गर्ने सहभागीलाई विश्व पर्यटन दिवस तथा अपि हिमाल भ्रमण वर्ष २०८० को उद्घाटन समारोहमा पुरस्कृत गरिने अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन क्षेत्रमा सामाजिक सञ्जालको उपदेयतालाई मध्यनजर गर्दै अपि हिमाल गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्न टिकटकको प्रतियोगिताको आयोजना गरेको थियो। सहभागीहरूलाई लाइक,भ्युज र समेटिएका विषयवस्तुका आधारमा छनौट गरेको गाउँपालिकाले जनाएको छ।