डडेल्धुरा। डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। डडेल्धुरा को भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। यस विषयमा अनुसन्धान गरिने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । थप विवरण आउन बाँकी छ।