कैलाली। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भएको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फको उपाधिसुदुरपश्चिम ११ स्पोर्टस क्लबले जितेको छ भने महिला तर्फको उपाधि सुर्मादेवी युवा क्लबले हात पारेको छ।
न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भएको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको फाईनलमा सिआउर सेभेन फुटबल क्लबलाई १–० हराउँदै सुप ११ ले उपाधि जितेको हो। उपाधि जिताउने निर्णायक गोल सुप ११ का लागि भरत टमाटाले गरे। उपाधिसँगै सुप ११ ले नगद लाख सहित ट्रफी पाएको छ भने उपविजेता सिआउर सेभेनले नगद पचास हजार सहित ट्रफी प्राप्त गरेको छ।
पुरुष तर्फ सिआउर सेभेनका किरण योगी सर्वोकृष्ट खेलाडी बन्दा सुप ११ का भरत टमाटा सर्वाधिक गोलकर्ता र सुप ११ कै आकाश बुढा उत्कृष्ट गोलरक्षक भए। महिला तर्फको उपाधि सुर्मादेवी युवा क्लबले जितेको छ फाईनलमा सुमादेवी युवा क्लबले पटेला स्मार्ट क्लबलाई टाईब्रेकरमा किराना लगाउँदै उपाधि जितेको हो। निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए। सुर्मादेवीका लागि विर्सना चौधरी र पटेलाका लागि ममता पुन मगरले गोल गरेकी थिईन्।टाईब्रेकरमा सुर्मादेवीले पटेलालाई ३–१ ले हराउँदै उपाधि जित्यो। सुर्मादेवीका लागि शिवागी स्नेही, विपना स्नेही र अस्मिता चौधरीले गोल गरिन भने विर्सना चौधरी र धना बोहोराको प्रहार गोलमा परिणत हुन सकेन् । यस्तै पटेलाका लागि कमला विष्टको प्रहार मात्रै गोल भयो। ममता पुन मगर, नैना बोहोरा र अनिषा कुँवरले गोल गर्न सकिनन्। महिला तर्फको विजेता भएसँगै सुर्मादेवीले नगद २५ हजार सहित ट्रफी पाउँदा उपविजेता पटेलाले नगद १५ हजार सहित ट्रफी पाएको छ।
महिला तर्फ सुर्मादेवीकी विर्सना चौधरी सर्वोकृष्ट खेलाडी बन्दा सुर्मादेवीकै गायत्री मल्ल उत्कृष्ट गोलरक्षक र पटेलाकी ममता पुन मगर सर्वाधिक गोलकर्ता बनिन्। प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तिर्थराज पन्त लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे।
प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ। वि।स। २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए।