धनगढी। भारतको दिल्लीबाट कैलालीको धनगढी आउन लागेको बसबाट अबैध मोबाइल बरामद गरिएका छन्। आज शनिवार बिहान १० बजे प्रहरी चौकी त्रिनगरबाट खटिएको कमान सिह धामीको संयुक्त प्रहरी टोलीले लुकाई छुपाई ल्याइएका अबैध मोबाइल बरामद गरिएका हुन्।
त्रिनगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा सामान फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिल चन्दले भारतको दिल्लीबाट धनगढी आउदै गरेको ना ५ ख २८१६ नम्बरको बसलाई भन्सार अगाडि चेकजाँच गर्दा उक्त बसको सामान राख्ने भागको मुनि एसी बक्समा लुकाई छुपाई ल्याएका मोबाइल, मोबाइलका सादा ग्लास, र मोबाइलका एसेसीरिज लगायत गाडीका २ वटा फलाम डण्डी लगायतका सामान बरामद गरिएको बताए।
बस चेकजाँच गर्दा उक्त बसको सामान राख्ने भागको मुनि एसी बक्समा उक्त अबैध सामान भेटिएका हुन्। कैलालीका डिएसपी चन्दले मोवाईलका डेढ लाखका सामान लगायत बससहित गरेर साढे ३२ लाखको सामान हुन आउने जानकारी दिए । गाडी साहु कैलालीको धनगढी उपमहानगरपालीका-१ शान्तीनगर बस्ने ३० बर्षिय पुरन मराठी, गोदावरी नगरपालीका ५ का ४५ का रमेश गुरुङ्ग, टिएमबी मोवाईल सप्लार्यस गौरीगंगा नगरपालीका ५ का २४ बर्षिय रमेश बिक तथा बस प्रहरी नियन्त्रणमा छन्। सो बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।